गोरखा ३०, चैत । गोरखामा लकडाउन शुरुभएपछि त्यसको उल्लंघन गर्ने ३७५ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सवारी पास बिना सञ्चालन गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएर आबश्यक कारवाही गरी छोडिएको जनाएको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरि त्यसको प्रभावकारी रुपमा न्युनिकरण गर्नका लागि सरकाले चैत ११ गतेदेखि देशभर लकडाउनको घोषणा गरेको थियो ।
लकडाउनको घोषणा गरेदेखि नै जिल्ला प्रहरी कार्यालय गोरखाले लकडाउनका पूर्ण कार्यान्वयनका लागि चेकजाँचलाई तिव्र पारेको छ । प्रहरीले शनिबार मात्र ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।