गोरखा २९ चैत ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)शहिद लखन गाउँ कमिटीले शहिद लखन गाउँपालिकालाई रु २ लाख रुपैया बराबरको खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।
पार्टीले कोरोना भाइरस (कोभिड १९) का कारण समस्या परेका बिपन्न, असाहय, र श्रमिकलाई खाद्य सामाग्री उपलब्ध गराउन सहयोग गरेको अध्यक्ष मनोज जोसीले जानकारी दिनुभयो ।

पार्टीबाट पहिलो चरण अन्तर्गत करिब दुईलाख रकम बराबरको संकलित खाद्यान्न तथा स्वास्थ्य सामाग्रि गाउँपालिकालाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।