Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

कोरोना नियन्त्रणका लागि गाउँपालिकाले गरेको प्रयास प्रति नेकपा बारपाक सुलिकोटको एक्येबद्धता


3.6K
Shares

कोरोना नियन्त्रणका लागि गाउँपालिकाले गरेको प्रयास प्रति नेकपा बारपाक सुलिकोटको एक्येबद्धता

गोरखा २९, चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिकाले कोरोना संक्रमणको जोखिमबाट बच्न आग्रह गरेको छ । गाउँपार्टी कमिटिका अध्यक्ष नरबहादुर गुरुङले एक बिज्ञप्ती जारी गर्दै कोभिड–१९ बाट संक्रमित मानिसहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । हालसम्म देशभरीबाट ९ जना संक्रमित फेला पारिसकेको तथ्य सार्वजनिक भईसकेको भन्दै बिज्ञप्तीमा सम्पूर्ण नागरिकहरुलाई गम्भीर भएर सावधानी अपनाउन आग्रह गरिएको छ ।

बेलैमा सचेत नबनेको खण्डमा सबैले भयावह ब्यहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले रोग लाग्नुभन्दा रोगबाट बच्नका लागि सावधानी अपनाउनु नै रोकथामको उपाय हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ।  अध्यक्ष गुरुङद्धारा जारी बिज्ञप्तीमा लगातार १ सय दशमलब ४ डिग्री भन्दा माथी ज्वरो आएमा, सुक्खा खोकी लागेमा, घाँटी सुक्खा हुनुका साथै दुखेमा, टाउको दुखेमा, सास फेर्न गाह्रो भएमा, सिगान बगिरहेमा नजिकैको स्वस्थ्य चौकीमा परामर्श लिई आफै सुरक्षित बस्न सबैमा अनुरोध गरिएको छ ।

त्यस्तै विदेश वा बाहिरबाट भर्खर आएका मानिसहरुको वडा वा गाउँपालिकामा जानकारी दिन र आफ्नै घरमा क्वारेन्टाइनमा बस्नको लागि पनि पार्टीले विशेष आग्रह गरेको छ ।सरकारले गत चैत्र ११ गतेदेखि शुरु गरेको लकडाउनको समय तेस्रो पटक थप गरेर २०७७ वैशाख ३ गतेसम्म हुने भएकाले संक्रमणकालको दोस्रो चरणमा प्रवेश गरेको अबस्थामा थप सचेतता अपनाउन सवैलाई भनिएको छ ।

बिज्ञप्तीमा बारपाक सुलिकोट गाउँपालिकाले समेत सबै संयन्त्रलाई प्रयोग गरी कोभिड–१९ रोकथामको लागि सक्रिय रहदै आएको भन्दै गाउँपालिकाको सक्रियताप्रति बारपाक सुलिकोट गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गरिएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको उक्त प्रयास र सक्रियताप्रति रचनात्मक साथ र सहयोग गर्दै कुनैपनि रुपमा बारपाक सुलिकोट क्षेत्रमा कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि सबै किसिमका भूमिकाहरु निर्वाह गर्न तथा रोकथाम, नियन्त्रण र उपचारका लागि एकताबद्ध रहने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology