गोरखा २८ ,चैत । गोरखा अस्पताल गोरखाले कोरोना भाइरस (कोभिड १९ ) सम्भावित संक्रमणपछि उपचारको तयारी स्वरुप अस्पतालमा १७ बेडको आइसोलेसन वार्ड तयार भएको जनाएको छ । अस्पतालले आज एक बिज्ञप्ती जारी गर्दै कोरोना सम्भावित कोरोना भाइरसका बिरामीहरुको उपचारको तयारी बारेमा जानकारी गराएको हो ।
गोरखा जिल्ला अस्पतालबाट हालसम्म कोरोना भाइरसको शकास्पद ५ जनाको स्वाब परीक्षणका लागि काठमाण्डौको टेकु स्थित शुक्रराज ट्रफिकल सरुवा रोग अस्पतालमा पठाइएकोमा सवैको नजिता नेगेटिभ आएको जनाएको छ । त्यस्तै गोरखा अस्पतालमा अहिलेसम्म ६ जनालाई आइसोलेसनमा भर्ना गरिएकोमा २ जनाको अहिले जनरल बेडमा राखेर उपचार भइरहेको छ भने बाँकी ४ जनालाई उपचारपछि घर पठाइएको अस्पतालले जनाएको छ ।
अस्पतालले परीक्षणका लागि आएका मध्ये २७ जनालाई होम क्वारेन्टाइन र ३ जनालाई सामुहिक क्वारन्ेटाइनमा पठाइएको छ । हिजोमात्र ३ जनाको सम्भावितका कोरोनाको आंशकामा ३ जनाको ज्वरो परिक्षण गरिएको छ भने उनिहरु सवैलाई क्वारेन्टाइनमा पठाइएको अस्पतालले जनाएको छ ।