Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोना संक्रमणबाट ८८ हजार बढीको मृत्यु, झण्डै १५ लाख संक्रमित


1.3K
Shares

कोरोना संक्रमणबाट ८८ हजार बढीको मृत्यु, झण्डै १५ लाख संक्रमित

एजेन्सी,२७ चैत । विश्वभर महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण संक्रमित हुने र मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ ।  पछिल्लो तथ्यांक अनुसार १५ लाख ११ हजार ३ सय ४६ व्यक्ति संक्रमित भएका छन् भने ८८ हजार ४ सय ३ जनाको मृत्यु भएको छ ।

संक्रमित मध्ये ३ लाख २९ हजार ७ सय २६ जना उपचारपछि निको भएका छन् । अमेरिकामा सबैभन्दा बढी ४ लाख २८ हजार ३ सय ५५ जना संक्रमित भएका छन् । थप १८ सय ९५ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या १४ हजार ७ सय ३६ पुगेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार २ सय २० पुगेको छ ।
मृतकको संख्या बढेर १४ हजार ७ सय ९२ पुगेको छ ।

इटलीमा १ लाख ३९ हजार ४ सय २२ जना संक्रमित भएका छन् भने १७ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख १३ हजार २ सय ९६ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार ९ सय ५० पुगेको छ । १० हजार ८ सय ६९ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोना संक्रमितको संख्या ६० हजार ७ सय ३३ र ७ हजार ९७ जनाको मृत्यु भएको छ । यस्तै, भारतमा संक्रमितको संख्या बढेर ५ हजार ९ सय १६ र मृतकको संख्या १ सय ७८ पुगेको छ । पाकिस्तानमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६३ पुगेको छ । ६१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology