Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा २ वटा एम्बुलेन्स कोभिड १९ मैत्री बनाई तयारी हालतमा राखिने


2.6K
Shares

गोरखामा २ वटा एम्बुलेन्स कोभिड १९ मैत्री बनाई तयारी हालतमा राखिने

गोरखा २६, चैत । गोेरखामा २ वटा एम्बुलेन्सलाई कोभिड १९ मैत्री बनाई तयारी हालतमा राख्ने निणर्य भएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न गठित जिल्ला स्तरीय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी समेत रहनुभएका समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले गोरखा अस्पताल र उद्योग बाणिज्यसंघ गोरखाको एम्बुलेन्सलाई कोभिड १९ मैत्री बनाई तयारी हालतमा राख्ने व्यवस्था मिलाउने निर्णय भएको हो ।

बैठकले नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्र, शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य समुहको निर्देशन बमोजिम एम्बुलेन्सलाई तयारी हालतमा राख्न लागिएको जनाइएको छ ।

त्यस्तै बैठकले गोरखा जिल्ला भित्र बिदेशबाट आएर सामुहिक तथा होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको जिल्ला स्तरको श्रोत, साधन र प्राबिधिबाट स्थानीय तह र सवै सुरक्षा निकायको सहयोगमा स्वाब परीक्षणका लागि आजै नमुना संकलन गरी परीक्षणका लागि पठाउने निर्णय गरेको छ ।

त्यस्तै गोरखा अस्पताल र स्वास्थ्य कार्यालय गोरखामा भिटिएम र पिपिइएको अभाव भएकाले तत्काल उपलब्ध गराइदिन प्रदेश जनस्वास्थ्य कार्यालय पोखरालाई अनुरोध गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology