Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा कोरोना संक्रमण रोक्न ४ जना महिलाद्धारा ९ हजार शान्ति दीप प्रज्वलन


3.4K
Shares

गोरखामा कोरोना संक्रमण रोक्न ४ जना महिलाद्धारा ९ हजार शान्ति दीप प्रज्वलन

गोरखा २६, चैत । गोरखामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणको न्युनीकरणका लागि भन्दै दीप प्रज्वलन गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ का ४ जना महिलाहरुले सवैको शान्ति र सुस्वास्थ्यको कामना गर्दै आमाडाँडाको देवी मन्दिरमा नौ हजार नौ सुते बत्ति बालिएको वडाध्यक्ष कृष्ण बहादुर के.सीले जानकारी दिनभयो ।

दैवी शक्तिको आराधनाबाट बिपतलाई परास्त गर्न सकिने बिश्वासका साथ मन्दिरमा दिप प्रज्वलन गरिएको हो । स्थानीयबासी चोकमाया राना, चिनिमाया कुवँर, पम्फा कुवँर र निर्मला कुवँरले मिलेर संयुक्त रुपमा दिप प्रज्वलन गरेको उहाँले बताउनुभयो ।

यसै बिच गोरखा नगरपालिका वडा नम्बर ८ ले वडा भित्र कोरोना भाइरसको सम्भावित संक्रमण न्युनीकरणका लागि बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको वडाध्यक्ष के.सीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology