Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बिपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न भीमसेन थापा गाउँपालिकाको अपिल


3.7K
Shares

बिपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न भीमसेन थापा गाउँपालिकाको अपिल

गोरखा २५, चैत । गोरखाको भीमसेन थापा गाउँपालिकाले गाउँपालिकाको बिपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न आव्हान गरेको छ । गाउँपालिकाले बिश्व समुदायमा संकटको रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९) ले बिश्व नै आक्रान्त भइरहेको अबस्थामा गाउँपालिका भित्र कोरोना संक्रमणको न्युनीकरण र रोकथामका लागि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरिद लगायतका कार्यका लागि सहयोगको अपिल गरेको हो ।

त्यस्तै लकडाउनका कारण अलपत्रमा परेका व्यक्तिहरु, आर्थिक अबस्थामा कमजोर भएका ज्यालादारीमा काम गर्ने मजदुरहरु, गरिव, असाहाय तथा बिपन्न परिवारलाई राहात प्रदान गर्न गाउँपालिकाले बिपद् व्यवस्थापनकोषमा रकम जम्मा गर्न आवहन गरेको हो । सहयोग संकलनका लागि गाउँपालिकाले मेघा बैक नेपाल लिमिटेडको भीमसेन थापा गाउँपालिकाको शाखामा खाता सञ्चालन गरेको जनाएको छ ।

त्यस्तै गाउँपालिकाले बिपन्न, अहासाय, र दैनिक ज्यालादारी गर्ने मजदुरीहरुलाई एकद्धार प्रणालीबाट राहात उपलब्ध गराउने निर्णय समेत गरेको छ । राहात उपलब्ध गराउन चाहानेहरुलाई गाउँपालिकामा जिन्सी तथा अन्य सरसामग्री उपलब्ध गराउन पनि सवैलाई अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology