Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८२ हजार पुग्यो, फ्रान्समा मात्र १० हजारको मृत्यु


1.3K
Shares

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८२ हजार पुग्यो, फ्रान्समा मात्र १० हजारको मृत्यु

एजेन्सी २६, चैत । बिश्वभर कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या ८२ हजार पुगेको छ । कुल १४ लाख २५ हजार ८ सय ६८ जना संक्रमितमध्ये अहिलेसम्म तीन लाख एक हजार ८ सय २८ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसका कारण फ्रान्समा मात्र १० हजार भन्दा बढीको मृत्यु भएको छ । गत वर्ष चीनबाट सुरु भएको कोरोनाको विश्वव्यापी महामारीबाट बढी मानिसको मृत्यु हुने देशमा फ्रान्स चौथो नम्बरमा पुगेको छ ।फ्रान्समा दश हजार भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकाको न्युयोर्कमा एकै दिन कोरोनाका कारण ७३१ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण अमेरिकामा हालसम्म १२ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यस्तै स्पेनमा पछिल्लो पाँच दिनको तुलनामा मृत्यु हुनेको संख्या बढेको छ । स्पेनमा पछिल्लो चौबिस घण्टामा ७४३ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १४ हजार भन्दा बढी भएको छ ।

कोरोनाको संक्रमण रोक्न जापानले यसअघि नै ६ महिनाको आपतकालीन अवस्था घोषणा गरेको छ भने अधिकांश देशले आफ्ना हवाइ तथा स्थलगत नाकाहरु बन्द गरेका छन् । कतिपय देशले आफ्ना नागरिकलाई घरमै बसेर कोरोनाको संक्रमणबाट बच्न आग्रह गरेको समाचारमा जनाइएको छ ।

यसैबीच कोरोनाको संक्रमणपुष्टि भएको दश दिनपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइसीयुरमा राखिएको छ ।सोमबार लण्डनस्थित सेन्ट थामस अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology