गोरखा २५, चैत – गोरखा डुम्रे ११ केभि फिडरको पिएसी पोल भाँच्चिदा गोरखा जिल्लाको सिरानचोक गाउँपालिका, पालुङटार नगरपालिका र अजिरकोट गाउँपालिकाका बिभिन्न स्थानमा मंगलबार बिद्युत अबरुद्ध भएको छ ।
तनहुँ भाँनु नगरपालिकाको सतिघाट अधेरी खोला छेउमा पोल भाँचिएको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो ।
भाँच्चिएको पोल मर्मतका लागि प्राबिधिकको टोली पठाउने तयारी भईरहेको प्राधिकरण गोरखाले जनाएको छ । दिउँसो सम्ममा लाइन सञ्चालन हुने जनाइएको छ ।।