Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

शहिदका बुबा रामनारायण श्रेष्ठको निधनमा नेकपा गोरखाका अध्यक्ष थापाद्धारा दुःख व्यक्त


2.1K
Shares

शहिदका बुबा रामनारायण श्रेष्ठको निधनमा नेकपा गोरखाका अध्यक्ष थापाद्धारा दुःख व्यक्त

गोरखा २५, चैत ।  जनयुद्धका महान शहिद सुर्यनारायण श्रेष्ठका बुबा रामनारायण श्रेष्ठको असामहिक निधन भएको प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्ला अध्यक्ष लेखबहादुर थापा मगरले दुःख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल मार्फत अध्यक्ष थापा मगरले श्रेष्ठको निधनले गोरखाको कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको भन्दै उहाँ प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्नुभएको छ ।

जिल्लाको सिरानचोक वडा नम्बर ५, छोप्राक स्थायी घर भएका श्रेष्ठको ६१ वर्षको उमेरमा सोमबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

उहाँका एकमात्र छोरा सुर्यनारायण श्रेष्ठ (बिबेक) तत्कालीन जनमुक्ती सेनाको एक कुशल योद्धा हुनुहुन्थ्यो । उहाँले २०५६ सालमा रोल्पाको सुकिदहमा शहादत प्राप्त गर्नुभएको थियो ।

मृतक श्रेष्ठका श्रीमती र दुई छोरी हुनुहुन्छ । शहिदका बुबा श्रेष्ठका हिजै अन्त्येष्टी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology