Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसन आइसियु भर्ना


1.8K
Shares

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसन आइसियु भर्ना

एजेन्सी २५, चैत । बेलायती प्रधानमन्त्री बोरिस जोनसन आइसियु भर्ना हुनु भएको छ । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनु भएका प्रधानमन्त्री जोनसन सोमबार अस्पताल भर्ना हुनभएको थियो । हिजो अस्पतालमा भर्ना भएका उहाँलाई अब अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसियु) मा सारिएको बेलायती मिडियाले जनाएका छन् ।

उहाँ लन्डन अस्पतालमा भर्ना हनुभएको थियो । केही समयअघि मात्रै उहाँले ट्विटमा आफ्नो अवस्था ठिक भएको लेख्नु भएको थियो । तर, उहाँको अवस्थामा सुधार नआएपछि उनलाई आइसियुमा सारिएको बेलायती मिडियाले जनाएका छन् ।

उहाँ अस्पतालमा भर्ना भएसँगै बेलायती सांसदहरुले उहाँले अक्सिजन लगाएर देश चलाउन नसक्ने भन्दै राजीनामा माग पनि गरिसकेका छन् । प्रधानमन्त्री जोनसनले भने आफ्नो स्वास्थ्य अबस्था ठिक हुदै गएको भन्दै घर भित्रै बस्न सवै नागरिकहरुलाई अपिल गर्नुभएको छ ।

बेलायती प्रधानमन्त्री कार्यालयले पनि अब सूचना जारी गर्दै उनको अवस्था थप जटिल बनेको बताएको छ । उनले यसअघि नै आफ्नो जिम्मेवारी आवश्यक परेको खण्डमा विदेशमन्त्री डोमिनिक राबलाई लिन स्वीकृति दिइसकेका छन् ।

उनको स्वास्थ्यको कामना गर्दै विभिन्न नेताले शुभेच्छा पठाएका छन् ।

यसअघि उनको स्वास्थ्य गम्भीर भनिएको थियो । तर उनको सचिवालयले एक विज्ञप्ति निकाल्दै सावधानीका लागि आइसियूमा सारिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology