काठमाडौं २४, चैत । सरकारले देशभर घोषणा गरेका लक डाउनको अबधी तेस्रो पटक थप गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले तेस्रो पटक लक डाउनको अवधि बढाउँदै बैशाख ३ मध्यरातसम्म घरबाट बाहिर निस्कन नपाउने घोषणा गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधी बढाउने निर्णय गरेको हो। यसअघि कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण फैलन नदिन सरकारले पहिलो पटक सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउनको घोषणा गरेको थियो ।
पछिल्लो पटक कोरोना भाइरसको संक्रमित फेला पर्नेक्रम बढेसँगै सरकारले दोस्रो पटक बढाउँदै चैत २५ पूर्याएको थियो।