Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा नगरपालिकाको चेतावनी : आफुखुशी राहात बाँडे कारवाही


1.7K
Shares

गोरखा नगरपालिकाको चेतावनी : आफुखुशी राहात बाँडे कारवाही

गोरखा २४, चैत । गोरखा नगरपालिका गोरखाले नगरपालिका क्षेत्रभित्र आफुखुशी राहात बितरण गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको छ । नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामकृष्ण अर्यालद्धारा हस्ताक्षरीत सूचनामा पालिका भित्र एकद्धारा प्रणालीबाट राहात बितरण गर्ने निर्णय भएकाले आफुखुशी राहात बितरण नर्गन आग्रह गरिएको छ ।

सूचनामा नगरपालिकाले राहातमा दोहोरोपना हुन नदिन बिभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध गराइने सम्पूर्ण राहात सामाग्री नगरपालिकामा जम्मा गरि बितरण गर्ने जनाइएको छ ।

नगरपालिकाको सूचनाको बेवास्ता गर्दै नगरक्षेत्र भित्र आफुखुशी राहात बितरण गरेको जानकारी आएकाले त्यस्तो पाइए कारवाही गरिने उल्लेख गरिएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको सूचना

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology