Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बेपत्ता गाउँपालिका कर्मचारी खड्का मृत फेला


1.9K
Shares

बेपत्ता गाउँपालिका कर्मचारी खड्का मृत फेला

गोरखा २४, चैत । सोलुदुधकुण्ड नगरपालिका– ५ रोसी स्थायी घर भएका खुम्बुपासाङ ल्हामु गाउँपालिकाका सब–इन्जिनियर मृत अवस्थामा भेटिएका छन्। दुईदिनदेखि बेपत्ता २७ बर्षिय पुर्णबहादुर खड्का मृत अबस्थामा भेटिएका हुन् ।

पिके क्षेत्र भ्रमणमा गएका खड्काका बेपत्ता भएदेखि दुईदेखि खोजी भईरहेको थियोे । उनको शव सोमबार बिहान सोलुदुधकुण्ड नगरपालिका–३ को पिके खोपमा मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ ।

सल्लेरीबाट पिके डाँडातिर जाने मूल बाटोदेखि करिब ३ सय मिटर तल खड्काको शव अवस्थामा भेटिएको हो। घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको प्रत्यक्षदर्शीसमेत रहेका मृतकका दाई छत्र खड्काको भनाइ छ। घटनाको थपअनुसन्धानका लागि प्रहरी घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology