कोरोना भाइरस ((कोभिड १९ ) को संक्रमणका कारण बिश्वभर करिब ६९ हजार जनाको मृत्यु भएको छ । करिब १३ लाख मानिस संक्रमित भएको जनाइएको छ । वर्ल्डामिटर्सको पछिल्लो तथ्याङ्क अनुसार आइतबारसम्म विश्वका २ सय ८ देश तथा क्षेत्रमा १२ लाख ७२ हजार ९ सय जनामा कोरोना संक्रमण भएको पाइएको छ। विश्वभर यो भाइरसका कारण ६९ हजार ४ सय २६ जनाले ज्यान गुमाएका छन्।
कूल संक्रमति मध्ये २ लाख ६२ हजार ३ सय ३१ जना उपचार पछि निको भइ अस्पताबाट घर फर्केका छन्। हालः विश्वभर ९ लाख ४१ हजार १ सय ४३ जना कोरोनाका बिरामी उपचारत छन्। उपचारत मध्ये ४५ हजार ५ सय ८९ को स्वास्थ्य अवस्था गम्भिर रहेको छ भने ८ लाख ९५ हजार ५ सय ५४ जनाको अवस्था सामान्य छ।
कोराना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस आइतबारसम्म विश्वका २ सय ८ देश तथा क्षेत्रमा देखिएको छ। नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ, जसमध्ये एक जनालाई निको भइसकेको छ भने ८ जना उपचार गराइरहेका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन, इरान, बेलायत, टर्की, स्वीट्जरल्याण्ड, बेल्जियम र नेदरल्याण्ड्स रहेका छन्। कोरोना भाइरसबाट हालसम्म सबैभन्दा बढीको मृत्यु इटालीमा भएको छ भने संक्रमित अमेरिकामा देखिएका छन्।
अमेरिकामा हालसम्म ३ लाख ३६ हाजर ६ सय ७३ जनामा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये ९ हजार ६ सय १६ जनाको मृत्यु भइसकेको छ। स्पेनमा कोरोनाको संक्रमित १ लाख ३१ हजार ६ सय ४६ रहेकोमा १२ हजार ६ सय ४१ जनाले ज्यान गुमाइसकेका छन्।इटालीमा हालसम्म १ लाख २८ हजार ९ सय ४८ जनामा कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ।
जर्मनीमा आइतबारसम्म १ लाख १ सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये १ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ। फ्रान्समा ९२ हजार ८ सय ३९ जनामा संक्रमण देखिएकोमा ८ हजार ७८ जनाको मृत्यु भइसकेको छ। चीनमा हालसम्म ८१ हजार ७ सय ८ जनामा कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ।
इरानमा हालसम्म ५८ हजार २ सय २६ जनामा कोरोना भेटीएको छ, जसमध्ये ३ हजार ६ सय ३ जनाको मृत्यु भएको छ। बेलायतमा कोरोना संक्रमितको संख्या ४७ हजार ८ सय ६ पुगेको छ। यीमध्ये ४ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ। टर्कीमा कोरोना संक्रमितका संख्या २७ हजार ६९ रहेकोमा ५ सय ७४ जनाको मृत्यु भइसकेको छ।
स्वीट्जरल्याण्डमा केरोना संक्रमतिको संख्या २१ हजार १ सय पुगेको छ, जसमध्ये ७ सय १५ जनाको मृत्यु भएको छ। बेल्जियममा १९ हजार ६ सय ९१ संक्रमित रहेकोमा १ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ। नेदरल्याण्ड्समा १७ हजार ८ सय ५१ जनामा कोरोना देखिएको छ। यीमध्ये १ हजार ७ सय ६६ जनाको मृत्यु भइसकेको छ। बाँकी कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित अन्य देशमा रहेका छन्।