एजेन्सी, २४ चैत्र । बाघलाई पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । न्युयोर्कको चिडियाघरमा रहेको बाघलाई कोरोना भाइरसको संक्रमण भएको हो । सीएनएनका अनुसार बाघको टेष्ट गर्दा संक्रमण पत्ता लागेको हो ।
बाघलाई चिडियाघरका कामदारबाट सरेको हुनसक्ने बताइएको छ । ब्रोनक्स चिडियाघरमा दुईवटा अमुर बाघ र तीनवटा अफ्रिकन सिंहलाई पनि सुख्खा खोकी आएको छ । त्यहाँ अन्य जनावरलाई पनि संक्रमण भेटिएको हुनसक्नेबारे जाँच हुन गइरहेको जनाइएको छ ।
चिडियाघरले बाघको राम्रो हेरचाह गरिरहेको जनाएको छ । उसले संक्रमित बाघ चार वर्षको पोथी भएको जनाएको छ । सँसारभर मानिसमा फैलिइरहेको कोरोना भाइरस कुकुर र बिरालोमा पनि सरेको पुष्टि भएपनि बाघमा पहिलोपटक संक्रमण भएको पत्ता लागेको हो ।