Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा बिदेशका आएकाहरुको स्वाब परिक्षणका लागि नमुना संकलन गर्न घुम्तीटोली खटाउने तयारी


3.3K
Shares

गोरखामा बिदेशका आएकाहरुको स्वाब परिक्षणका लागि नमुना संकलन गर्न घुम्तीटोली खटाउने तयारी

गोरखा २३, चैत । गोरखा जिल्ला स्तरीय कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले अनुमती बिना चल्ने सवारी साधन माथी चेकजाँचलाई कडाई गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी समेत रहनु भएका समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले अति आवश्यक र दैनिक उपभोग्य बस्तुको आपूर्ति बाहेकका सवारी आवागमनमा थप कडाई गर्ने निर्णय गरेको हो ।

बैठकले एम्बुलेन्सहरुले विरामी बाहेकका स्थानीयहरु समेत ओहोर दोहोर गरी रहेको गुनासो आएको भन्दै चेकजाँचलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ । त्यस्तै रातको समयमा सवारी पास बाहेक चल्ने सवारी समेतबाट संभावित संक्रमित आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी सम्पुर्ण चेकपोष्टमा सवारी साधन रोकी चेकजाँच गरी एम्बुलेन्स, अनुमति पत्र बाहक र ढुवानीका साधन बाहेककालाई नियन्त्रणमा लिई कानूनी कारवाही चलाउने निर्णय गरेको जनाइएको छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयनका लागि आएको निर्देशन कार्यान्वयन गर्ने बैठकले निर्णय गरेको छ । जस अन्र्तगत निजी क्षेत्र, सामुदायिक क्षेत्र, विश्व विद्यालय तथा शैक्षिक क्षेत्र अन्तर्गत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थलाई कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।

त्यस्तै अस्पताल तथा संस्थामा कार्यरत कर्मचारीहरुलाई सुत्केरी विदा र किरीया विदा बाहेकका अन्य विदा स्वीकृत नगर्न, स्वीकृत भई सकेका विदा समेत रद्ध गर्न र कर्मचारीलाई तयारी हालतमा राख्न स्थानीय प्रशासनले सम्बन्धित अस्पताल प्रशासन तथा सञ्चालकलाई निर्देशन दिने निर्णय गरेको छ ।
त्यस्तै बिदेशबाट आई क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा आफूखुसी बस्दै आएका व्यक्तिहरुलाई आवश्यकता र प्राथमिकताका आधारमा स्वाव परिक्षणका लागि नमुना संकलन गर्न घुम्ती टोली खटाई पठाउन सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology