गोरखा २३, चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि पालिका भित्रका बस्ती र मुख्य बजार क्षेत्रमा औषधी छर्कने काम शुरु गरेको छ ।
गाउँपालिकाले आजदेखि गाउँपालिका कार्यालय, ताकुकोट बजार क्षेत्र लगायतका स्थानमा क्लोरिङको झोल छर्कन शुरु गरिएको अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
गाउँपालिकाले कोरोना बिरुद्ध सचेत हुन आग्रह सहित माईकिङ गर्दै औषधी छर्कन थालेको उहाँले बताउनुभयो । अध्यक्ष भट्टले दिउँसोको समयमा औषधी छर्कने क्षेत्रका बासिन्दलाई घर बाहिर र ननिस्कन, तथा घरबाहिर लत्ता कपडा खानेकुरा नराख्न समेत अपिल गरेको छ ।