काठमाण्डौ २३, चैत । भारत प्रसासित जम्मु कश्मीरमा सैन्य कारवाहीमा परी पाँचजना सशस्त्र लडाकु र एक सैन्य जवान मारिएका छन् । भारतीय सेनाले कुपवरा जिल्लामा आइतबार गरेको कारवाही क्रममा उनीहरुको मृत्यु भएको सेनाका प्रवक्ता कर्नेल राजेश कलियाले बताउनुभयो । ।
प्रवक्ता कलियाका अनुसार उत्तर कश्मीर क्षेत्रमा सेनाले पछिल्लो समय आतंकवादी समूहविरुद्ध कारवाही तीव्र पारेको छ ।आइतबार उक्त कारवाहीमा दुई सैनिक जवान घाइते भएको पनि उहाँले बताउनुभयो । बाक्लो हिउँ र वर्षाको कारण उद्धार कार्य प्रभावित भएको पनि बताइएको छ ।