Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

दुबईमा पनि दुई साता लकडाउनको घोषणा


2.5K
Shares

दुबईमा पनि दुई साता लकडाउनको घोषणा

एजेन्सी, २३ चैत । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रण र न्युनीकरणका लागि दुबईमा दुई साता लकडाउन घोषणा गरिएको छ । दुबईको संकट र प्रकोप व्यवस्थापन सर्वोच्च समितिले शनिबार बेलुकी ८ बजे देखि लागू हुनेगरी दुई साताको लागि लकडाउनको घोषणा गरिएको हो ।

कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा गत मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्मलीकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं किटनाशक अभियान संचालन गरिने गल्फ न्यूजले जनाएको छ।

यस अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्किन पाउने छैनन् । अत्यावश्यक सामग्री खाना र औषधीधिको खरिदका लागि घरका एक सदस्यलाई मात्र घरबाहिर निस्किने अनुमति दिइने बताईएको छ। बाहिर निस्कदा सबैलाई मास्क र हातमा ग्लोव लगाएर सामाजिक दूरी कायम राख्न आग्रह गरिएको छ।

यो अवधिभर स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्र, औषधि कारखाना, एयरपोर्ट, टेलिकम्युनिकेसन,मिडिया लगायतका महत्त्वपूर्ण क्षेत्रहरु भने संचालन हुनेछन्।

रेष्टुरेन्टलाई डेलिभरी सेवा दिन छुट दिइएको छ। यसैगरी ऊर्जा, सुरक्षा, डाक सेवा, बैंकिङ्ग, पानी, ग्यास लगायतका क्षेत्रहरु नियमित संचालन हुन पाउनेछन्। बैंकिङ क्षेत्र, मनि एक्सचेञ्ज, मर्मत सेवा तथा लन्ड्री सेवालाई बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म संचालन हुन पाउने छुट दिइएको छ।

यसैगरी महत्त्वपूर्ण क्षेत्रमा कार्यरत कामदारहरुको सहजताका लागि दुबईको सडक तथा यातायात प्राधिकरणले निशुल्क सार्वजनिक बस संचालन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology