Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

स्पेनमा लकडाउनको अवधि १५ दिन थप


1.1K
Shares

स्पेनमा लकडाउनको अवधि १५ दिन थप

एजेन्सी २३, चैत । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि थप १५ दिनलाई बढाउने बताउनु भएको छ । भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको स्पेन दुई हप्ताभन्दा बढी समय देखि लकडाउनमा रहेको छ। हालसम्म स्पेनमा भाइरसको संक्रमणका कारण ११ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ। यस्थै १ लाख २४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ।

लकडाउनको अवधि थप्नु पर्ने अवस्थाबारेमा सम्बोधन गर्दै सान्चेजले भन्नुभयो , ‘ मलाई थाहा छ दुईहप्ता घर भित्रै आइसोलेसनमा बस्नु निकै गाह्रो छ। तर हामीले यो भाइरसको संक्रमण रोक्न आआफ्नो स्थानबाट त्याग गर्नैपर्छ। पहिलाभन्दा हामीकहाँ मृत्युदर घटेको छ। तर, हाम्रो मुख्य उद्देश्य भनेको संक्रमण रोक्नु नै हो।’

स्पेनमा हरेक दिन भाइरसको संक्रमणबाट सयौंको मृत्यु भइसकेको छ। चीनबाट आउटब्रेक भएको भाइरसका कारण युरोप सबैभन्दा धेरै प्रभावित बनेको छ। इटालीपछि भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मृत्यु स्पेनमा नै भएको छ। यस्तै अमेरिकापछि सबैभन्दा बढी संक्रमित स्पेनमा नै रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology