एजेन्सी, २२ चैत । कोभिड १९ कारण संक्रमित बनेका २ लाख ३५ हजार ९ सय जना उपचार पछि निको भएका छन् । विश्वभरि नै संक्रमित भएकाहरु मध्ये २ लाख ३५ हजार भन्दा बढि नागरिक उपचार पछि घर फर्किएका हुन् ।
यस्तै विश्वभर हाल सम्म ११ लाख ३२ हजार भन्दा धेरै संक्रमित भएका छन् । उपचार पछि घर फर्कनेहरुसंगै मृत्यु हुनेहरुको दर पनि बढिरहेको छ ।
हालसम्म विश्वभर ६० हजार ३ सय ३१ ज्ना नागरिकको कोभिडक कारण मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।