Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आँबुखैरेनी गाउँपालिकामा बिपन्न वर्गलाई खाद्यान्य बितरण


1.5K
Shares

आँबुखैरेनी गाउँपालिकामा बिपन्न वर्गलाई खाद्यान्य बितरण

गोरखा २२, चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाले लकडाउनबाट प्रभावित विपन्न वर्गका व्याक्तिहरुलाई खाद्यन्न वितरण गर्न शुरु गरिएको छ । कोरोना भाईरस सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित भएका श्रमिक तथा असहाय विपन्न वर्गका व्याक्तिहरुलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकाले शुक्रबार वडा नं. ५ का ७० जना श्रमिक तथा असहाय विपन्न वर्गका व्याक्तिहरुलाई खाद्यन्न वितरण गरेको हो । सोही वडाबाट पहिचान भए अनुसार, १२० जना विपन्न वर्गलाई खाद्यन्न वितरण गर्ने जनाएको छ । यस्तै, आज वडा नं. २ का १८० जना विपन्न वर्गका व्याक्तिहरुलाई खाद्यन्न वितरण गरेको छ ।

प्रत्येक श्रमिक, असहाय विपन्न वर्गका व्याक्तिहरुलाई १५ किलो चामल, २ किलो दाल, १ प्याकेट नुन, १ लिटर खाने तेल, २ वटा साबन, २ किलो मकैं, चिउराका दरले खाद्यन्न वितरण गरिएको हो । यस्तै, आँबुखैरेनी गाउँपालिकाले एम्बुलेन्स चालकलाई पिपिइ वितरण गरेको र जतिसक्दो चाडो अन्य वडाहरुमा पनि श्रमिक तथा असहाय विपन्न वर्गका व्याक्तिहरुको पहिचान गरी खाद्यन्न वितरण गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology