गोरखा २२ चैत ।नेत्र बिक्रम चन्द ‘बिप्लव’ समुहका गोरखा जिल्ला सेक्रेटरी योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले कुमाललाई हिजो साँझ गोरखा नगरपालिका–१२ कुन्दुरटारबाट पक्राउ गरेको हो ।
प्रक्राउ परेका कुमाललाई भोली मुद्दा दर्ताको तयारी भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कुमाल बिप्लव समुहको केन्द्रिय जिम्मेवारीमा समेत रहेको खुल्न आएको प्रहरीको दावी छ ।