Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पार्टीको सचिवालय बैठक छिटो बोलाउन प्रवक्ता श्रेष्ठको माग


1.6K
Shares

पार्टीको सचिवालय बैठक छिटो बोलाउन प्रवक्ता श्रेष्ठको माग

काठमाण्डौं २२, चैत । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक छिटो बस्नुपर्ने बताउनु भएको छ ।कोरोना भाइरसको उपचार तथा रोकथामका लागि आवश्यक मेडिकल सामग्री खरिदको जिम्मा सरकारले नेपाली सेनालाई दिएपछि भएको चौतर्फी आलोचना र मेडिकल सामग्री खरिदमा भएको भनिएको अनियमिततासँगै सीमानामा रहेका नेपालीको व्यवस्थापनको सवाल उठिरहँदा पार्टी सचिवालय बैठक छिटो बस्नुपर्ने उहाँले माग गर्नुभएको हो ।

सचिवालय सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठले शनिबार ट्वीट गर्दै पार्टीका दुवै अध्यक्षलाई बैठक बसाउन माग गरिएको उल्लेख गरेका छन्। ‘हो, मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु। दुवै अध्यक्ष कमरेडहरूलाई अनुरोध गरेको छु’, उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘आजको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै पार्टीको सचिवालयको बैठक बस्न सक्छ, त्यसैले शीघ्र बैठक बस्ने विश्वास छ, बस्नै पर्छ।’

आवश्यकता पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने गरेको बताउँदै उहाँले पार्टीको बैठक बस्न ढिला गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology