गोरखा २२, चैत ।गोरखा नगरपालिका गोरखाले कोरोना कोभिड १९ संक्रमण रोक्नका लागि घोषणा गरिएको लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या परेका व्यक्तिहरुलाई एकद्धार प्रणालीबाट राहत उपलब्ध गराउने भएको छ । नगरपालिकाले दैनिक ज्यालादारीको माध्यमबाट जिवनयापन गर्दै आएका व्यक्ति तथा कोरोना संक्रमणका कारण दैनिक गुजारा चलाउन समस्या परेका व्यक्तिहरुलाई एकद्धारा उपलब्ध गराउन राहात प्रणालीबाट बितरण गर्ने निर्णय गरेको हो ।
राहत दिदा दोहोरोपना हुन नदिन बिभिन्न व्यक्ति, संघसंस्था, सरकारी तथा गैह्रसरकारी निकाय लगायतबाट उपलब्ध गराउने राहात नगरपालिकामा जम्मा गरी नगरपालिका मार्फत बितरण गरिने गोरखा नगरपालिकाले शनिबार सूचना निकालेर जानकारी दिएको छ । नगरपालिकाले लकडाउनका कारण बेला बिहान बेलुका छाक टार्न समस्या परेमा श्रमिक बर्ग, बिपन्न, असाहाय व्यक्तिहरुलाई राहात उपलब्ध गराउने जनाएको छ ।