काठमाण्डौ २२, चैत । बिश्वको सवैभन्दा शक्तिशाली राष्ट्र अमेरिकमा कोरोना भाइसरको संक्रमणबाट एकैदिनमा १ हजार ३ सय २१ जनाको मृत्यु भएको छ । अमेरिकामा तीब्र गतिमा फैलिएको फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २ लाख ७७ हजार १६१ जना संक्रमित भएको अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन् । अहिलेसम्म त्यहाँ मृतकको संख्या ७ हजार ३९२ पुगेको छ ।
बितेको २४ घण्टामा मात्रै अमेरिकामा कोरोना भाइरसबाट १३ सय २१ जनाको मृत्यु भएको छ । अहिलेसम्म भाइरस संक्रमित भएका १२ हजार २८३ जना निको भएका छन् भने ५ हजार ७८७ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।