Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

मेडिकल सामग्री खरिदमा अनियमिताको आरोप लागेकालाई जिम्मेवारी मुक्तगर्न देउवाको माग


2K
Shares

मेडिकल सामग्री खरिदमा अनियमिताको आरोप लागेकालाई जिम्मेवारी मुक्तगर्न देउवाको माग

काठमाण्डौं २२, चैत । प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेकालाई जिम्मेवारी मुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

सभापति देउवाले शुक्रबार विज्ञप्ति निकालेर मेडिकल सामाग्री खरिदमा ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीमुक्त गरी अनुसन्धान र कारबाही प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टीले माफी योग्य छैन देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology