Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आयोजनाका लागि खरिद गरिएको निर्माण सामाग्री सुरक्षित राख्न गण्डकी गाउँपालिकाको आग्रह


3K
Shares

आयोजनाका लागि खरिद गरिएको निर्माण सामाग्री सुरक्षित राख्न गण्डकी गाउँपालिकाको आग्रह

गोरखा २२, चैत । गोरखाको गण्डकी गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणका बेला बिभिन्न अयोजनाहरुको काम प्रभावित भएको भन्दै आयोजना निर्माणका लागि खरिद गरिएका सामाग्री सुरक्षित भण्डारण गर्न आग्रह गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङले खानेपानी, सिंचाई, खानेपानीका ट्याङकी निमार्ण, भवन, कुलो लगायतका संरचनामा निर्माणका लागि खरिद गरिएका सामाग्री सुरक्षित गर्न उपभोक्ता समिति तथा सरोकारवालाहरुलाई भनेको हो ।

‘गुणस्तर ह्रास भएका सामाग्रीहरु प्रयोग गरी निर्माण सम्पन्न भएका संरचनाहरुले योजनाको दिगोपना नहुने भएकाले सचेतना अपनाउन सम्बद्ध सवैलाई बिशेष अनुरोध गर्छौ ।’ गाउँपालिकाद्धारा शुक्रबार जारी सूचनामा भनिएको छ ।

कोरोना भाइरसका कारण बिश्वव्यापी रुपमा समस्या आएपछि नेपालमा पनि गत चैत ११ गतेदेखि लकाउनको घोषणा गरेपछि चालु आर्थिक बर्ष २०७६÷०७७ मा कार्यान्वयन भईरहेका योजनाहरु निर्माणको काम ठप्प भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology