Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कोरोना बिरुद्ध लड्न गोरखाका स्थानीय तहलाई साधनाको रु ४ लाख सहयोग


3.8K
Shares

कोरोना बिरुद्ध लड्न गोरखाका स्थानीय तहलाई साधनाको रु ४ लाख सहयोग

गोरखा २१, चैत । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का बिरुद्ध लड्न साधना लघुबित्त बित्तीय संस्था लिमिटेडले गोरखाका स्थानीय तहहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनको कारण दैनिक उपभोग्य बस्तुको जोहो गर्न समेत धौ धौ परेको समूदायलाई खाद्यन्यको ब्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको उचित ब्यवस्थापन गर्न साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक सहायता प्रदान गरेको छ ।

संस्थाले जिल्लाको पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, गोरखा नगरपालिका र धार्चे गाउँपालिका गरी ७ वटा स्थानिय निकायलाई रु ५० हजारको दरले कूल रु ३ लाख ५० हजार रुपैंया राहत स्वरुप प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिमा गोरखामा स्थानिय निकायको लागि निर्णय गरिएको रु ५० हजार रकमको चेक संस्थाको सिइओ न्यौपानेले भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे, शहिदलखन गाउँपालिका वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठ, पालुङटार नगरपालिकाका प्रतिनिधि सुवन शर्मा, सिरानचोक गाउँपालिकाका प्रतिनिधि केशर सिंह बस्नेत र बारपाक सुलिकोट गाउँपालिका , अजिरकोट गाउँपालिका एवं धार्चे गाउँपालिकाको सहयोग रकम जिल्ला समन्वय समितिकी उप–प्रमुख जानुका अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology