पोखरा २१, चैत । कास्कीको पोखरामा अहिलेसम्म कोरोना संक्रमित नभेटिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर विनोद बिन्दु शर्माले बताउनु भएको छ ।
विभिन्न सञ्चारमाध्यममा सातौँ कोरोना संक्रमित नेपालमा भेटिएको भन्ने समाचार प्रकाशित भएपछि उहाँले अहिलेसम्म पोखरामा संक्रमित नभेटिएको बताउनु भएको हो ।
‘कोरोना संक्रमण सम्बन्धि रिपोर्टमा कोहिपनि पोजेटिभ भएकोबारे मलाई जानकारी आएको छैन ।’ उहाँले भन्नुभयो । यता कोरोनाको सम्पूर्ण जानकारी दिने वल्र्डोमिटरले भने नेपालमा ७ जनामा कोरोना संक्रमित देखिएको जनाएको छ ।