Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाको जोखिम न्युनीकरणका लागि गोरखाका स्थानीय तहलाई युएनडिपीको सहयोग


4.1K
Shares

कोरोनाको जोखिम न्युनीकरणका लागि गोरखाका स्थानीय तहलाई युएनडिपीको सहयोग

गोरखा २१, चैत । युएनडिपीको सहयोगमा गोरखाका विभिन्न स्थानीय तहमा कोरोनाभाइरस कोभिड १९ को संक्रमणबाट बच्न सर्जिकल मास्क, स्यानीटाइजर, पञ्जा र सूचनमूलक सामग्री हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ बाट हुनसक्ने महामारीबाट सचेत हुन र बच्न सर्जिकल मास्क, स्यानीटाइजर, पञ्जा सहित सुचनामूलक सामग्री वितरण गरिएको हो ।

युएनडिपी बाट उक्त सामग्रीहरु बिहिबार गोरखा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र पत्रकार महासंघ गोरखालाई हस्तान्तरण गरिएको हो । यस्तै युएनडीपिले गोरखा नगरपालिका सहित पालुंगटार नगरपालिका, धार्चे, गण्डकी, आरुघाट, सिरानचोक, अजिरकोट र शहिदलखन गाँउपालिकामा उक्त सामग्री वितरण गरेको छ ।

उल्लेखित प्रत्येक स्थानीय तहमा ३०० थान मास्क, १०० थान स्यानिटाइजर र १०० थान पन्जा वितरण गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालयमा २५० थान मास्क, १०० थान स्यानीटाइजर र १०० थान पञ्जा वितरण गरिएको छ । जिल्लामा कार्यरत पत्रकारका लागि समेत १०० थान मास्क, २५ थान स्यानीटाईजर र २५ थान पञ्जा हस्तान्तरण गरिएको छ ।

साथै, युएनडिपीले कोरोनाभाईरसको संक्रमणबाट जोगिन तथा सचेत रहनका लागि सूचनामूलक सामग्री समेत सबै स्थानीयतह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पत्रकार महासंघ गोरखालाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology