Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘कोरोना महामारी नियन्त्रण गर्न कम्तिमा ६ हप्ता लक डाउन आबश्यक’


3.6K
Shares

‘कोरोना महामारी नियन्त्रण गर्न कम्तिमा ६ हप्ता लक डाउन आबश्यक’

एजेन्सी २१, चैत । बिश्वभर फैलदै गएको कोरोना भारइस (कोभिड १९) को पूर्ण नियन्त्रणका लागि कम्तीमा ६ हप्ता लकडाउन गर्नुपर्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको एसएसआरएन जर्नलमा यसै साता प्रकाशित अध्ययनबारे शुक्रबार साउथ चाइना मर्निङ पोष्टले समाचार प्रकाशन गरेको छ।

उक्त अध्ययनको रिपोर्टका अनुसार महामारी रोक्न एकदमै कडाखालका कदमहरू चालेका देशले तीन हप्तापछि महामारीलाई मध्यमस्तरको बनाउन सक्छन् भने एक महिनामा संक्रमणको फैलावट रोक्न सक्छन् भने ४५ दिनपछि महामारीलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन्।

उक्त अध्ययनले कडा कदमभित्र पूर्ण लक डाउन, घरभित्रै बस्ने आदेश, व्यापक परीक्षण र क्वारेन्टिनमा राख्ने कुराहरू पर्ने उल्लेख गरेको छ। यी कुराहरू जति कम गर्‍यो महामारी नियन्त्रण गर्ने त्यति नै बढी समय लाग्ने अध्ययनको निष्कर्ष छ।‘भ्याक्सिन, उपचार, बृहत परीक्षण र क्वारेन्टिनमा राख्ने कुरा नहुँदा लक डाउन र घरमै बस्नु पर्ने समय केही महिनासम्म आवश्य हुन्छ,’ अध्ययनमा भनिएको छ।

यो अध्ययन संसारका ३६ वटा मुलुक र ५० वटा अमेरिकी राज्यका तथ्यांकहरूमा आधारित छ। अनुसन्धानकर्ताहरूले मुलुकको आकार, सीमा जोडिएका देश र अभिवादन गर्ने संस्कार, तापक्रम, आद्रता र अवस्थितिले पनि लक डाउनको समयमा केही तलमाथि हुन सक्ने बताएका छन्।

उनीहरूले इटाली र क्यालिफोर्नियाले लागू गरेको कडा खालको लक डाउन, सिंगापुर र दक्षिण कोरियाले गरेका व्यापक परीक्षण र चीनले यी दुबैको मिश्रण गरेर अपनाएको नीतिलाई आफ्नो अध्ययनले सहयोग गरेको बताएका छन्।

‘सिंगापुर र दक्षिण कोरियाले व्यापक परीक्षण गर्ने र क्वारेन्टिनमा राख्ने नीति लिएका छन्, यो नै महंगो लक डाउन र घरमै बस्ने नीतिको एकमात्र विकल्प हो,’ अध्ययनमा भनिएको छ।

अमेरिकाले समयमै यी नीतिहरू नअपनाएकाले कोरोनाको महामारी तीव्र रूपमा फैलिएको पनि अध्ययनको निष्कर्ष छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology