नोवेल कोरोना भाइरसका कोभिड–१९ का कारण स्पेनमा १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । इटालीपछि स्पेनमा १० हजार भन्दा बढीको मृत्यु भएको हो ।
स्पेनमा बिहीबार एकै दिन ९६१ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको हो । स्पेनमा एकै दिन कोभिड–१९ का कारण यति धेरैको मृत्यु भएको यो पहिलो पटक हो ।
स्पेनमा अहिलेसम्म १ लाख १२ हजार ६५ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ भने अमेरिकामा ६ हजार ७५ जनाको मृत्यु भएको छ ।
इटालीमा १ लाख १५ हजार २ सय ४२ तथा अमेरिकामा दुई लाख ४४ हजार ३ सय २० जना संक्रमित रहेका छन् ।
विश्वभर अहिलेसम्म १० लाख १५ हजार ४ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ र मृत्यु हुनेको संख्या ५३ हजार १ सय ९० पुगेको छ ।