Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा नगरपालिकाले १२ किलोदेखि खैरेनी पुलसम्म आज औषधी छर्कदै


4.8K
Shares

गोरखा नगरपालिकाले १२ किलोदेखि खैरेनी पुलसम्म आज औषधी छर्कदै

गोरखा २०, चैत । गोरखा नगरपालिका गोरखाले नगरक्षेत्रको बाह्रकिलो बजारदेखि खैरेनी पुलसम्म जिवाणुनासक औषधी छर्कने भएको छ । बिश्वभर फैलदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन नगरपालिकाले बिहिबार गोरखा नगरपालिका जोड्ने तनुहँको सिमाना आँबुखैरेनीको पुलसम्म क्लोरिन झोन छर्कने भएको हो ।

नगरपालिकाले आज (बिहिबार) सूचना निकालेर दिउँसो ३ बजेदेखि ६ बजेसम्म औषधी छर्न लागेको जनाएको छ । सो अबधीमा बाह्रकिलो बजार क्षेत्रदेखि खैरेनीपुलसम्मका नागरिकहरुलाई घरबाहिर ननिस्कन, खाद्यान्न र कपडा घर बाहिर नराख्न अनुरोध समेत गरेको छ ।

नगरक्षेत्र भित्र गएको केही दिनदेखि नियमित रुपमा औषधी छर्कने काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology