नागरिक सवाल सवांददाता
गोरखा २०, चैत । गोरखाको उत्तरी क्षेत्र चुम भ्यालीमा हुने भनिएको श्याग्या शताब्दी महोत्सव २०२० स्थगित गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोडिभ१९) का कारण महोत्सव स्थगित गरिएको आयोजकले जनाएको छ । आउदो ०७७ साल बैशाख ५ गते देखी ८ गतेसम्म महोत्सवको आयोजना गर्ने निर्णय भएको थियो ।
राष्ट्रपती विद्यादेवी भण्डारीले उदघाट्न गर्ने कार्यक्रम तय भएको महोत्सव कोरोना भाइरसका कारण बढ्दो जोखिमका कारण स्थगित गनुपरेको आयोजक संस्थाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । साविक चुम्चेत र छेकम्पार गाउँविकास समितिलाई चुम भ्याली भनेर चिनिन्छ । चुमको अर्थ पुर्व हो ।
विक्रम सम्बत १९७७ साल देखी उत्त क्षेत्रलाई अहिंसा क्षेत्र घोषणा गरिएको छ । चुम भ्यालीलाई विश्वमाझ चिनाउने र पर्यटक भित्राउने लक्ष्यका साथ महोसत्वको आयोजना गरिएको थियो ।