गोरखा १९, चैत । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले सवै निजी मेडिकल कलेजहरुलाई सरकारीकरण बताउनु भएकोे छ । बिश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) जोखिम बढि रहेका बेला निजी अस्पतालहरुले उपचार गर्न अटेर गरेको तर्फ लक्षित गर्नुहुदै सांसद अधिकारले यस्तो उल्लेख गर्नुभएको हो ।
बुधबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गर्नुहुदै सांसद अधिकारीले भन्नुभएको छ , कोरोना नियन्त्रणका लागी सरकार लकडाउन लगायत हरदम सम्भव उपायहरु गरिनै रहेको छ, तर बिरलै देखिने परिघटना अहिले निजी मेडिकल माफियाले देखाएका छन् ।’
उहाँले अरुबेला सरकारी अस्पतालमा उपचार हुदैन हामी अन्तराष्ट्रिय स्तरको सेवा दिन्छौ भन्दै कुर्लने अस्पतालहरु बिपतको घडीमा खुट्टामा घाउ लिएर उपचारका लागि गएकाहरुलाई समेत अस्पताल प्रवेश गर्न नदिएर मर्न बाध्य पारेको उल्लेख गर्नुभयो ।