Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा नगरपालिकाको चेतावनी : औषधी पसल, पोलिक्लिनिक तथा अस्तपालले नियमित सेवा नदिए कारवाही


1.7K
Shares

गोरखा नगरपालिकाको चेतावनी : औषधी पसल, पोलिक्लिनिक तथा अस्तपालले नियमित सेवा नदिए कारवाही

गोरखा १९, चैत ।गोरखा नगरपालिका गोरखाले नगरपालिका भित्र रहेका सम्पूर्ण औषधी पसल, पोलिक्लिनिक तथा अस्तपालहरुलाई नियमित सेवा दिन आग्रह गरेको छ ।

नगरपालिकाले आज (बुधबार) एक सूचना जारी गरी नगरपालिका भित्र बिरामी तथा सेवाग्राहीहरको स्वास्थ्य सेवा सम्बन्धी जनगुनासो आएको भन्दै यस्तो आग्रह गरेको हो ।

सूचनामा लकडाउन आदेश पूर्व उपलब्ध गराउदै आएका सम्पूर्ण सेवाहरु सेवाग्राहीहरुलाई उपलब्ध गराउन सवै मेडिकल, पोलिक्लिनिक तथा अस्पतालहरुलाई भनिएको छ ।

नगरपालिलकाले लकडाउनको अबधीभर नियमित ओपिडी र इमर्जेन्सी सेवा प्रदान गर्न आग्रह गर्दै सूचनामा सेवा प्रवाह नदिएको पाइए कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology