काठमाण्डौं १९, चैत । लकडाउनका बेला ग्याँसको अभाव हुन नदिन नेपाल ग्यास उद्योगले काठमाडौं उपत्यकाको ६ ठाउँबाट ग्यास बिक्री गर्ने भएको छ । उद्योगले एक जरुरी सुचना जारी गर्दै बुधबार (आज) देखि तोकिएको स्थानबाट ग्यास बिक्री गर्ने जनाएको हो ।
कम्पनीले चावहिल चोक र बाफल चोकबाट ५६०/५६० सिलिन्डर बिक्री गर्ने बताएको छ । यस्तै, बिहीबार कोटेश्वर चोक र बानियाटार चोकबाट ५६०/५६० ग्यास सिलिन्डर बिक्री गर्ने कम्पनीको भनाइ छ ।
यसैगरि शुक्रबार भनिमण्डल चोक र महाराजगन्ज चोकबाट पनि ५६०/ ५६० ग्यास बिक्री गर्ने कम्पनीले बताएको छ । लकडाउनका कारण उपभोक्तालाई तोकिएको बिक्री केन्द्रमा जान ग्राहो हुने भएपछि यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।