Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अमेरिकामा २ लाख ४० हजारसम्मको मृत्यु हुनसक्छ :अमेरिकी राष्ट्रपती ट्रम्प


1.3K
Shares

अमेरिकामा २ लाख ४० हजारसम्मको मृत्यु हुनसक्छ :अमेरिकी राष्ट्रपती ट्रम्प

काठमाडौं १९, चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस .कोभिड–१९) बाटअमेरिकामा २ लाख ४० हजार जनाको मृत्यु हुनसक्ने बताउनु भएको छ । कोरोना भाइरसका कारण अबको दुईसाता निकै संवेदनशील रहेको भन्दै उहाँले यसतर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

ट्रम्पले अबको दुईदेखि तीन सातामा कोरोना भाइरसबाट अहिलेसम्म नदेखेको परिणाम भोग्नुपर्ने बताएको सीएनबीसीले जनाएको छ । अबको दुई सातासम्म अमेरिकामा मृत्यु हुनेको संख्या उत्कर्षमा पुग्ने उहाँको भनाइ छ ।

अमेरिकामा अहिले विश्वमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा एक लाख ८४ हजार संक्रमित फेला परिसकेका छन् । अमेरिकाको न्युयोर्कमा मात्र अहिलेसम्म ७५ हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology