Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गजलकार बिएस पृथकको अप्रिल फुल बिशेष गजल-(भिडियो सहित)


9.8K
Shares

गजलकार बिएस पृथकको अप्रिल फुल बिशेष गजल-(भिडियो सहित)

गजल

तिम्रै लागी आज बिहानै मन्दिर गाको भनिन्
मलाई भेट्न यति लामो बाटो धाको भनिन्

सधै टाढा हुन्थिन उनी आज काखमै बसिन्
तिम्लाई धेरै माया गर्छु भन्न आको भनिन्

जनम जनम छाड्ने छैन प्रिय तिम्रो साथ
तिम्रो हुन यो धर्तिमा जन्म भाको भनिन्

गर्नु सम्म तारिफ गरिन म सोझोको आज
ढुंगा खोज्दा खेरि मैले देउता पाको भनिन् ।

पत्यायौकि क्या हो भन्दै हास्न थालिन उनि
नरिसाउ है आज अप्रिल फुल मनाको भनिन्

बि.एस् पृथक-बिमल

भिमसेन थापा गाउपालीका-७,बोर्लाङ्ग सुन्दरपुर

गोरखा 

भिडियो हेर्नुहोस्-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology