Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोना अपडेट : विश्वभर मर्नेको संख्या ४२ हजार नाघ्यो, ८ लाख ५० हजार भन्दा बढी संक्रमित


1.6K
Shares

कोरोना अपडेट : विश्वभर मर्नेको संख्या ४२ हजार नाघ्यो, ८ लाख ५० हजार भन्दा बढी संक्रमित

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ । मंगलबार एकैदिन ३४ सय ७७ जनाको मृत्यु भए संगै मर्नेको संख्या ४२ हजार ४३ पुगेको हो । त्यस्तै संक्रमित हुनेहरुको संख्या विश्वभर ८ लाख ५४ हजार ६ सय ११ पुगेको छ ।

तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढ्री अमेरिकामा १ लाख ८६ हजार ८६ जना संक्रमित भएका छन् भने इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् ।

त्यसपछि स्पेन, चाइना, जर्मनी लगायतका देशहरुमा संक्रमित हुनेहरुको संख्या बढी देखिएको छ । इटालीमा मर्नेको संख्या १२ हजार ४ सय २८ पुगेको छ भने स्पेनमा ८ हजार ४ सय ६४ पुगेको छ ।

त्यस्तै, अमेरिकामा मर्नेको संख्या ३ हजार ८ सय ७, फ्रान्समा ३ हजार ५ सय २३, इरानमा २ हजार ८ सय ९८, बेलायतमा १ हजार ७ सय ८९, नेदरल्यान्डमा १ हजार ३९ जनाको अहिलेसम्म मृत्यु भएको छ । अन्य देशमा पनि मृत्युदर बढिरहेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology