गोरखा १८, चैत । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ बोर्लाङमा सामुदायिक बनहरुको सहयोगमा दुवै वडा भित्रका सवैघर धुरीलाई सरसफाई सामाग्री बितरण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण फैलन नदिन साविकको बोर्लाङ गा.वि.सका स्थानीयबासीहरुलाई सावुन पानीले हात धुनु पर्ने लगायता सचेतना प्रदान गर्दै वडा नम्बर ७ को पहलमा सरसफाई सामाग्री बितरण गरिएको हो ।
साविकको बोर्लाङ गा.वि.स भित्र रहेका ८ वटा सामुदायिक बनको आर्थिक सहयोग हातधुने सावुन खरिद गरी बितरण गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘अनिबार्य रुपमा सावुन पानीले नियमित हात धुने गर्दा कोरोना भाइरसको संक्रमणकोसम्भावना न्युन हुने चिकित्सकहरुले सुझाव दिदै आएका छन्, उहाँले भन्नुभयो, साविकको बोर्लाङका सवै नागरिकहरुलाई सावुन पानीले हात धुनुपर्छ भन्ने प्रेरणाका लागी पनि यो सरसफाईका सामाग्री बितरण गरिएको हो ।’

साविकको बोर्लाङ गा.वि.सका प्रत्येक घरधुरीलाई ४÷४ वटा हातधुने सावुन बितरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । लकडाउनका बेला घर बाहिर ननिस्कन तथा कोरोना भाइरसको बिरुद्ध जनचेतना फैलाउन नागरिकहरुलाई घरघरमा पुगेर सावुन बितरण गरिएको उहाँले बताउनुभयो । ‘जनप्रतिनिधि, सामाजिक परिचालन, स्वयमसेवक लगायत परिचालन गरी प्रत्येक गएर कोरोना बिरुद्धको सचेतना सहित सावुन बितरण गरिएको हो ।