गोरखा १८, चैत । गोरखाको शहिद लखन गाउँपालिकामा लकडाउनका बेला आवाजजावत गरेको भन्दै केही युवाहरुले अबैध रुपमा सालको रुख ढालेर बाटो अबरुद्ध गरेका छन् । शहिद लखन गाउँपालिका प्रवेश गर्ने भीमसेन थापा गाउँपालिकाको सिमाना तथा शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाको सिमानमा पर्ने नाम्जुङ प्रवेश गर्ने स्थानमा केही स्थानीयहरुले अबैध रुपमा सालको रुख ढालेर सडक अबरुद्ध गरिएको हो ।

सडक छेउमा रहेको जंगलको सालको रुख उनीहरुले अनुमती बिना काटेका हुन् । यद्देपी जिल्ला बन कार्यालयको अनुमती बिना सालको रुढ काट्न नपाइने भएपनि उनीहरुले भने जथाभावी रुख काटेरबाटो अबरुद्ध गरेका छन् । रुख काटेर सडकमा तेस्र्याएर अबरुद्ध गरेको स्थानीयले बताएका छन् । कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै फुजेल खोलाको रोडमा उनीहरुले सडक अबरुद्ध गरेका छन् ।

जथाभावी सडक अबरुद्ध भएपछि अत्याबश्यक सवारी साधन सञ्चालनमा समेत समस्या भएको एक स्थानीयले बताएका छन् । ‘जथाभावी सडक बन्द गर्नु राम्रो काम होइन, नागरीकहरुलाई सचेतना प्रदान गर्ने कुरा महत्वपूर्ण कुरा हो, जंगलको बिचमा सडकमा रुढ ढालेर अबरुद्ध गर्दा एम्बुलेन्स लगायतका अत्याबश्यक सवारी साधन चलाउनु प¥यो, उनले भने, ‘कसलाई बोलाएर तत्काल हटाउन लगाउने, यो राम्रो काम होइन । यता गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जभाभावी सडक अबरुद्ध गर्ने काम गलत भएको बताउनुभयो ।