Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा चेम्बरले शुरु गर्यो पैसा नलाग्ने टोलफ्री नम्बर


2.1K
Shares

गोरखा चेम्बरले शुरु गर्यो पैसा नलाग्ने टोलफ्री नम्बर

गोरखा १८, चैत । ग्राहक तथा व्यापारीलाई पर्ने बिभिन्न असुविधालाई समाधानको पहल गर्ने उद्देश्यले गोरखा च्याम्बर अफ कमर्शले पैसा नलाग्ने फोन(टोलफ्री नंबर) सेवा सुरु गरेको छ ।

कोरोना महामारीका बेला च्याम्बरमा आवद्ध व्यापारी तथा ग्राहकबर्गमा पर्न सक्ने बिभिन्न समस्या समाधान गर्ने उद्देश्यले १६६०६४४२३६२ नम्बरको टोल फ्री नंबरको फोन सेवा सुरु गरिएको गोरखा च्याम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘कतिपय उपभोक्ताले अत्यावश्यक सामान नपाएका हुनसक्छन् ।

कतिपय ब्यापारीको पसलमा सामान सकिएको हुनसक्छ, उहाँहरुले आफ्नो समस्या फोन गरी भन्नसक्नुहुन्छ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘यसमा फोन गर्दा पैसा लाग्दैन ।’ साथै च्याम्बरले हेल्पडेस्क पनि सञ्चालन गरेको जनाएको छ ।

हेल्पडेस्कबाट घर जान नपाएका निर्माण मजदुरलाई घर पठाउन समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology