गोरखा १८, चैत । गोरखा जिल्लामा चैत महिनामा मात्र २ सय १६ जना बिभिन्न देशबाट फर्किएको पाइएको छ । जिल्ला स्तरीय कोरोना भाइरस रोकथाम नियन्त्रण तथा व्यवस्था समितिले गरेको तथ्याङ संकलनका क्रममा २१६ जना जिल्ला फर्किएको पाइएको हो । समितिले स्थानीय तहहरु संगको समन्वयमा तथ्याङक संकलन गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
समितिले गरेको तथ्याङक अनुसार सवैभन्दा चैत १ गतेदेखि १६ गतेसम्ममा जिल्लाका ९ स्थानीय तहहरु मध्ये सवैभन्दा धेरै गोरखा नगरपालिकामा बिदेशबाट फर्कनेहरुको सख्या बढि रहेको पाइएको छ । तथ्याङ अनुसार गोरखा नगरपालिकामा ४२ जना बिदेशबाट फर्किएका छन् । त्यस्तै जिल्लाको पालुङटार नगरपालिकामा २५ जना आरुघाट गाउँपालिकामा २५ जना र शहिद लखन गाउँपालिकामा ३३ जना बिदेश बाट फकिएको पाइएको छ ।
सोही अबधी जिल्लाको गण्डकी गाउँपालिकामा २३ जना, भीमसेन थापा गाउँपालिकामा १७ जना, अजिरकोट गाउँपालिकामा १० जना र बारपाक सुलिकोट गाउँपालिकामा २९ जना बिदेशबाट फर्किएको पाइएको छ । जिल्लाको २ गाउँपालिका धार्चे गाउँपालिका र चुमनुव्री गाउँपालिकाले भने सो तथ्याङ अहिलेसम्म नपाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
बिश्वभर फैलदै कोरोना भाईरस (कोभिड १९ को सम्भावित संक्रमण फैलन नदिन समितिले जिल्ला भित्र बिदेशबाट फर्कनेहरुको तथ्याङ संकलन गरी उनिहरु क्वारेन्टाइनमा बसेनवसेको बारेमा जानकारी लिन समितिले तथ्याङक संकलनको काम अघि बढाएको हो । कोरोना भाइरस संक्रमण भएका देशबाट आएकाहरुमा बढि उक्त भाइरसको जोखिम बढी हुने भएकाले समितिले बिदेशबाट आएकाहरुको बढी निगरानी गर्दै आएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेललेले बिदेशबाट फर्किएका सवैको नम्बर सहितको बिबरण संकलन गरिएको र उनीहरु सवैलार्ई अनिबार्य क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको बताउनुभयो । बिदेशबाट फर्किएकाहरु सवै अनिबार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएपनि कतिपय खुलमखुल्ला बाहिर हिडेको र बाहिरी भेटघाट गरेको भन्ने जानकारी आएपछि समितिले त्यसको तथ्याङक संकलन गरी अनिबार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।