गोरखा १६, चैत । सम्भावित कोरोना भाइरस ( कोभिड १९ ) बिरामीको स्वास्थ्य परीक्षणका लागि गोरखा अस्पताललाई १० थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) उपलब्ध भएको छ । चौधरी फाउण्डेसनले गोरखा अस्पतालका लागि १० थान पिपिई र ५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको हो ।
कोरोनाका लक्षण देखिएका बिरामीहरुको प्रारम्भिक स्वास्थ्य जाँचका लागि समेत व्यक्तिगत सुरक्षा सामाग्री नहुदा समस्या हुदै आएको थियो । फाउण्डेसनले उपलब्ध गराएको समाग्रीले अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई काम गर्न सजिलो भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।