Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लकडाउनमा बाहिर निस्कन नपाएको भन्दै एक युवकद्वारा आत्महत्या, क्वारेन्टाइनबाट भगेका एक पुरुषले गरे वृद्वाको हत्या


4.6K
Shares

लकडाउनमा बाहिर निस्कन नपाएको भन्दै एक युवकद्वारा आत्महत्या, क्वारेन्टाइनबाट भगेका एक पुरुषले गरे वृद्वाको हत्या

कोरोना भाइरस फैलनबाट रोक्नका लागि भारतले २१ दिनको लकडाउन लागू गरेको छ । यतिबेला केही अचम्मित पारिदिने घटना सार्वजनिक भए ।

गुजरातको जामनगरमा लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाउँदा २१ वर्षका एक युवकले आत्महत्या गरेका छन् । यस्तै, तमिलनाडुको थेनी जिल्लामा होम क्वारेन्टिनमा राखिएका एक पुरुष घरबाट बाहिर निस्किएर वृद्धालाई टोकेर हत्या गरिदिए ।

घटना १ः राजकोटमा  मजदुरी गर्थे युवक, लकडाउनमा बेरोजगार भए

लकडाउनको चौथो दिन गुजरातको जामनगरमा कौशिक मन्डेराले झुण्डिएर आत्महत्या गरे । युवक राजकोटमा मजदुरी गर्दथे । लकडाउनका कारण उनी आफ्नो घर जामनगर पुगे । उनी घरबाट बाहिर निस्कन पाएनन् । कौशिकका पिताले पुलिससँगको कुराकानीम उनको छोरा घरबाट बाहिर निस्कन नपाएपछि तनावमा थिए । राती उनले पछ्यौरालाई पासो बनाएर पङ्खामा झुण्डिए ।

घटना २ः नग्न अवस्थामा घरबाट निस्किए युवक

थेनी जिल्लामा ३२ वर्षीय युवकले छिमेकी वृद्धा महिलाको टोकेर हत्या गरेका छन् । आरोपी युवकको नाम मणिकन्दन हो । उनी केही दिन अघि मात्रै श्रीलङ्काबाट फर्किएका थिए । उनलाई त्यतिबेला देखि नै क्वारेन्टाइनमा राखिएको थियो । पुलिसका अनुसार शुक्रबार उनी नग्न अवस्थामा घरबाट भागे र वृद्धा महिलामाथि हमला गरे । वृद्धाको घाँटीमा उनले थुप्रै पटक टोकेका थिए जसका कारण उनको मृत्यु भयो । पुलिसले मणिकन्दनलाई पक्राउ गरेको छ । उनको कोरोना भाइरसको परीक्षण गरिएको छ साथै उनको मानसिक स्थितीबारे पनि परीक्षण गरिँदैछ ।Ratopati

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology