Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा चेम्बरले बाड्यो १ हजार ५० थान मास्क


2.7K
Shares

गोरखा चेम्बरले बाड्यो १ हजार ५० थान मास्क

गोरखा १५, चैत । गोरखा च्याम्बर अफ कमर्शले कोरोनाविरुद्ध काम गरिरहेका संघसंस्थाहरुलाई १ हजार ५० थानम मास्क बितरण गरेको छ । चेम्बरले शनिबार जिल्ला स्थित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क वितरण गरेको चेम्बर गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

चेम्बरले जिल्ला प्रशासन कार्यालय मार्फत गोरखा अस्पतालका लागि दुईसय २० थान, गोरखा नगरपालिकाको स्वास्थ्य शाखालाई दुईसय २० थान मास्क वितरण उहाँले बताउनुभयो ।

त्यस्तै प्रशासन कार्यालय मार्फत नै च्याम्बरले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका लागि दुईदुईसय थान, नेपाल पत्रकार महासंघलाई ५० थान, मझुवा चौकीलाई २५ थान र बारकिलो प्रहरी चौकीलाई २० थान मास्क वितरण गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology